विदेशमा रहेका नेपालीलाई यसरी बनाइँदैछ नेपालको मतदाता (आयोगको प्रस्तावसहित) – Nepal Press

विदेशमा रहेका नेपालीलाई यसरी बनाइँदैछ नेपालको मतदाता (आयोगको प्रस्तावसहित)

प्रस्तावित जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुराले सबै काम ठप्प हुने चेतावनी आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामवली संकलन गर्ने व्यवस्था मिलाउन लागेको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति समक्ष आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले लिखित योजना पेश गर्दै यसका लागि गरिने प्रक्रियासमेत उल्लेख गरेका छन् ।

आयोगले पूर्व सूचना दिएर विदेशमा रहेका नेपाली नागरिकले अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामवली कायम हुनेगरी प्रि रजिष्ट्रेशन सम्बन्धी सबै काम गर्न सक्ने जनाएको छ ।

त्यस्तै, सम्बन्धित देशको दूतावासमा व्यक्ति स्वयम् उपस्थित भएर भोटो र औंठाछाप दिने व्यवस्था समेत मिलाइने भएको छ । विदेशमा रहेका लाखौं नेपाली नागरिक मतदाता नामवलीमा नसमेटिएकाले आयोगले सो व्यवस्था गर्न लागेको हो ।

आयोगले बजेट वक्तव्यको अनुसूचीमा प्रस्तावित जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने कुराले निर्वाचन सम्बन्धी सबै काम ठप्प हुने चेतावनी समेत दिएको छ ।

यस्ताे आयोगकाे प्रस्ताव:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर