ट्विटरमा अम्पायरको निर्णयको विरोध गर्ने शुभमनलाई जरिवाना  – Nepal Press

ट्विटरमा अम्पायरको निर्णयको विरोध गर्ने शुभमनलाई जरिवाना 

काठमाडौं । भारतीय क्रिकेट टीमका ओपनर शुभमन गिलले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलपछि अम्पायरको निर्णयको विरोध गरेपछि ठूलो मूल्य जरिवाना तिर्नुपर्ने भएको छ ।

जसअनुसार भारतीय टीमले फाइनल खेलमा स्लो ओभर-रेटको सय प्रतिशत जरिवाना तिर्नुपर्नेछ । गिलले उनको ‘म्याच फि’ को १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ । दोस्रो इनिङमा आउट भएका गिलले थर्ड अम्पायरको निर्णयमा असहमति जनाएका थिए । उनको कुल जरिवाना ११५ प्रतिशत हुनेछ ।

अस्ट्रेलियाविरुद्ध दोस्रो इनिङमा क्यामरुन ग्रिनको बलमा स्कट कोल्यान्डले उत्कृष्ट क्याच गर्दै गिललाई आउट गरेका थिए । उक्त क्याचमा आफू आउट नभएको गिलको भनाइ थियो । तर, थर्ड अम्पायरले उनलाई आउट भएको संकेत गरेपछि गिलले अम्पायरले अस्ट्रेलियाको पक्षमा निर्णय दिएको भनेर आलोचना गरेका थिए । उक्त निर्णयको समाजिक सञ्जालमा पनि निकै चर्को आलोचना भएको थियो ।

उक्त निर्णयलाई लिएर आफ्नो सामाजिक सञ्जालमा आक्रोश पोखेका गिललाई आईसीसीले थप जरिवाना गरेको हो । आईसीसीले जारी गरेको विज्ञप्तिअनुसार गिललाई अन्तर्राष्ट्रिय खेलमा हुने घटनाको सार्वजनिक आलोचना वा अनुपयुक्त टिप्पणीसम्बन्धी धारा २.७ को आधारमा दोषी ठहराई कारबाही गरिएको हो ।

यस्तै भारतले ५ ओभर र अस्ट्रेलियाले पनि ४ ओभर स्लो रेटका आधारमा म्याच फीको ८० प्रतिशत जरिवाना तिर्नुपरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर