माधव नेपालले गरे शंखरापुरमा मस्कुलर डिस्ट्रोफीको भवन उद्घाटन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शंखरापुर नगरपलिका ९ को खुलालटारमा अवस्थित मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
एक कार्यक्रमकाबीच नेपाल र जापानी राजदुतावसका प्रतिनिधि थामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
करिब २ करोड लगानीमा ६ रोपनी जग्गामा बनेको उक्त नवनिर्मित भवनबाट मस्कुलर डिस्ट्रोफीका बिरामीलाई निःशुल्क फिजियोथेरापी तथा परामर्श सेवा प्रदान गरिने सो सस्थाका संचालक समाजसेवी अनिल कुमार उपाध्यायले बताए ।
मस्कुलर डिस्ट्रोफी मानव शरिरमा रहेका जिनबाट मांशपेसिमा बिकृत रुप ल्याउने एक वंशाणुगत प्राणघातक रोग हो । यो रोग लागेपछी मानव शरिरका विभिन्न अंगहरुले क्रमश काम गर्न छोडछन र मानिस पूर्ण रुपमा अशक्त हुन्छ ।
सो भवन निर्माणका लागि अध्यक्ष नेपाल प्रधानमन्त्री रहँदा २०६५ सालमा भवन निर्माणका लागि ६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।