इप्पान चुनाव- विधानविपरीत उम्मेदवारी परेको भन्दै पदाधिकारीका ६ उम्मेदवारविरुद्ध उजुरी
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को निर्वाचन प्रक्रियामा विधानविपरित उम्मेदवारी परेको भन्दै उजुरी दर्ता भएका छन् । अध्यक्षका उम्मेदवार किरण मल्लको उम्मेदवारी समेत विधानविपरित भन्दै दावी विरोध परेको हो ।
अध्यक्षमा गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ ।निर्वाचन प्रक्रिया अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिवमा २÷२ जना र उपाध्यक्षमा ७ जनासहित ३८ जनाको उम्मेदवारी परेको छ ।
तर विधानको दफा १५ मा इप्पानको कार्य समितिको पदाधिकारीहरुको लागि एक कार्यकाल कार्य समितिमा बसेको हुनुपनेमा विधानविपरित उम्मेदवारी दिएकोमा खारेजीको माग गरिएको छ । उनीहरुविरुद्ध प्रतिष्पर्धी उम्मेदवारहरुले नै उजुरी दिएका छन् ।
उजुरीमा उम्मेद्वारहरु वरिष्ठ उपाध्यक्षमा सुर्य अधिकारी, उपाध्यक्षमा वीरेन्द्र मल्ल र दीपेन्द्र बम, महासचिव विनोद देवकोटा र सचिवका नारायण उम्मेदवार कँडेलको उम्मेदवारी रद्ध गर्न माग गरिएको छ ।
प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले निर्वाचनको सम्बन्धमा विभिन्न उजुरी परेको र उजुरीमा गरिएको मागअनुसार विधान अनुसार भए नभएको अध्ययन गरिने नेपाल प्रेसलाई जानकारी द्यिए ।
यता अध्यक्षका प्रत्याशी मल्लले भने उम्मेदवारी खारेज भए अदालत जाने चेतावनी दिएका छन् । २०७८ सालमा संसोधन भएको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्षमा चयन हुनेबेला अर्थात २०८३ देखि मात्र लागू हुने भन्दै उम्मेदवारी रद्ध गरेमा अदालतमा जाने उनले बताए ।
प्रतिष्पर्धी उम्मेदवारहरुले भने विधानमै आँच आउने गरी उम्मेदवारी दर्ता गरेको भन्दै यो स्वतः रद्ध हुने दाबी गरेका छन् । इप्पानको नयाँ कार्य समितिको लागि यही जेठ ३२ गते निर्वाचन हुँदैछ ।
को-को छन् उम्मेदवार ?
इपानको २५ सदस्यीय कार्यसमिति चयनका लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लको उमेद्वारी दर्ता भएको छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उमेद्वारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उमेद्वारी परेको छ ।
५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उमेद्वारी परेको छ । मल्ल र वमको उम्मेदवारी विधानविपरीत भनेर उजुरी परेको छ ।
उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध भइसकेका छन् । त्यस्तै ५ जना सचिव पदका लागि ६ जनाको उमेद्वारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उमेद्वारी परेको छ ।
१० जना सदस्य पदका लागि १७ जनाको उमेद्वारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बश्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गरेका छन् ।
३ जना महिला सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ ।