आशिष अबिरल र सुशीला पाठकको ‘ओ हो नि’ सार्वजनिक (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ ३१ गते १७:४०
काठमाडौं । गायक आशिष अबिरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’को भिडिओ सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द-संगीत, आशीष अविरलको सहायक संगीत र आशिषकै मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
भिडिओमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतिक गौतम फिचर्ड छन् । सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलरिङ, विकास प्रसाईको सम्पादन र उत्सव दाहालको छायांकन रहेको भिडिओमा विकास प्रसाईको निर्देशन छ ।
भिडिओ आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
भिडिओ
प्रतिक्रिया
सम्बन्धित खवर