इप्पानको कार्यसमिति निर्विरोध, मल्ल प्यानलको उम्मेदवारी खारेज (सूचीसहित)
मल्ल भन्छन्- अदालत जान्छु
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि योग्य नभएकाले मल्लको उम्मेदवारी खारेज भएको हो ।
निर्वाचन समितिले गरेको अन्तिम नामवाली प्रकाशनमा मल्लको उम्मेदवारी खारेज भएको हो ।
उम्मेदवारीउपर परेको दाबी विरोधमा छानबिन तथा निर्णय गरी अध्यक्ष पद गणेश कार्की वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित भएको छ ।
अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १/१ जना नै हुने व्यवस्था रहेको छ भने उपाध्यक्षको लागि ५ जना हुने व्यवस्थामा ५ जनाकै नाम प्रकाशित भएको छ । जसमा भरतवहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम प्रकाशन भएको छ ।
त्यस्तै, महासचिवमा १ जना रहने व्यवस्थामा बलराम खतिवडाको नाम निर्वाचन समितिले प्रकाशित गरेको छ ।
सचिव ५ जना रहेने व्यवस्था रहेकोमा ५ जनाको मात्रै अन्तिम नामवली सार्वजनिक भएको छ भने कोषाध्यक्षमा १ जना रहेने व्यवस्थामा नरेन्द्र बल्लभ पन्तको मात्रै अन्तिम नामवली प्रकाशन गरेको छ ।
खुल्ला सदस्या ७ जना रहने व्यवस्थामा १४ जनाको अन्तिम नामवली सार्वजनिक भएको छ । त्यस्तै, महिला सदस्या ३ जना रहने व्यवस्था रहेकोमा ३ जनाको नै नामवली सार्वजनकि भएको छ ।
किरण मल्लले दर्ता गरेको स्टे अर्डर पनि खारेज भएको स्रोतले बतायो ।
मल्लले भने आफूलाई रोक्नका लागि उम्मेदवारी खारेज गरेको र अब आफू अदालत जाने नेपाल प्रेससँग बताए ।