प्रस्तावित प्रधान्यायाधीश कार्की संसदीय सुनुवाइ समितिमा उपस्थित हुँदै
नेपाल प्रेस
२०८० जेठ ३२ गते ६:५४
काठमाडौं । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।
लामो समय देखी कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उनी विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर