प्रतिनिधिसभा बैठक : आजबाट बजेटमाथि मन्त्रालयगत छलफल हुने
नेपाल प्रेस
२०८० जेठ ३२ गते ७:२६
काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।
आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।
बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित खवर