संसद भवनअगाडिबाट कृष्ण पहाडीसहितका मानव अधिकारकर्मी पक्राउ (तस्बिरहरु)
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् ।
नयाँ बानेश्वर अगाडिबाट निषेधित क्षेत्र प्रर्दशन गरिरहेका समाजका मानवअधिकारकर्मीहरु पक्राउ परेका हुन् । निषेधित क्षेत्र प्रवेश गरी प्रदर्शन गरेकाे भन्दै प्रहरी उनीहरुलाई पक्राउ गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजले भोलि २ वटा एजेन्डाहरू लिएर विरोध प्रदर्शनमा उत्रिएको थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जोसुकै भएता पनि कारवाही गरिनुनपर्ने र यस विषयमा संसद अडिग हुनुपर्ने मुख्य एजेन्डा राखेर प्रदर्शनमा उत्रिएका थिए । साथै चुरे दोहन रोकेर तरार्इलाई मरुभूमि हुनबाट जोगाउन माग गरेको थियो ।
विगतको राष्ट्रिय पंचायत जस्तो निर्देशनमा चल्ने नहोस् भनेर चेतावनी स्वरूपको विरोध प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।