कांग्रेस सांसद केसी भन्छन्- बजेट वितरणमुखी र केही क्षेत्रमा सीमित छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननसिंह केसीले बजेट केही क्षेत्रमा केन्द्रित भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा बोल्दै अहिलेको राष्ट्रिय चुनौतीलाई गम्भीर भएर हेर्नुपर्ने बताए ।
उनले भने, ‘भ्रष्टाचारको महामारी र ऋणको भारीबाट हाम्रो अर्थतन्त्र समाप्त हुन थालेको छ । त्यसमा हामीले गम्भीर भएर सहमतिको रूपमा बजेट निकाल्नुपर्छ । त्यहाँ कहाँ पर्यो कति पर्यो भन्दा पनि जनप्रियतावाद भन्दा जनताले एकछिन गाली गरेपनि कार्यकर्ताले राष्ट्रिय दृष्टिले कसरी अर्थतन्त्र सुधार्न सकिन्छ भन्नेतिर जानुपर्छ भन्ने थियो । यो बजेट वितरणमुखी छ । केही क्षेत्रमा सीमित छ ।