कोशीको बजेट : कृषि क्षेत्रमा २ अर्ब ७ करोड विनियोजन
नेपाल प्रेस
२०८० जेठ ३२ गते १६:५०
विराटनगर । कोशी प्रदेश सरकारलले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले अहिले अध्यादेशमार्फत् बजेट विवरण सार्वजनिक गरिरहेका छन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको प्रवर्द्धन तथा संचालनको लागि २ अर्ब ७ करोड बजेट छुट्याइएको जानकारी गराइएको छ । उनले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् ।
यस्तै सिँचाइका लागि २ अरर्ब ६३ करोड रूपैयाँ छुट्याइएको छ ।
प्रतिक्रिया