मधेश सरकारको बजेट भोलि साँझ ५ बजे ल्याइने – Nepal Press

मधेश सरकारको बजेट भोलि साँझ ५ बजे ल्याइने

जनकपुरधाम । मधेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

आजको प्रदेशसभा बैठकमा अर्थमन्त्रालयले पठाएको बजेटबारे पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाए । अर्थमन्त्रालयले बजेट प्रस्तुतका लागि समय मागेकोमा सभामुख मण्डलले असार १ गते साँझ ५ बजेका लागि प्रदेशसभा बैठक डाकेका हुन् ।

अगामी आर्थिक वर्षको बजेट करिब ३५ अर्बको हाराहारीमा हुने बताइएको छ । बजेटमा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिने अर्थमन्त्री यादवले बताएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *