चेतन सिंह ऐडीको हत्या आरोपितलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघले समातेर प्रहरीलाई बुझायो
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई आज धनगढीबाट पक्राउ गरिएको छ ।
उक्त घटनाका मुख्य आरोपी भनिएका रन सिंह ऐडीलाई धनगढी बस पार्क पछाडिको एक घरबाट अनेरास्ववियु र राष्ट्रिय युवा संघ कैलालीका युवाहरूले पक्राउ गरेका हुन् । प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी प्रहरीलाई नै बुझाइएको उनीहरूले जनाएका छन् ।
घटनापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।
मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका-७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् ।
गठबन्धनले लुकाईको थियो । युवाहरूले ठेगान लगाए । यो गठबन्धनरूपि मोदीका सेवक र लुटेराहरूको झुण्डका कर्तुत यसरी नै पर्दाफाँस गर्दै जानुपर्छ । लालसलाम छ वीर युवाहरू !