शुक्रबार फेरी बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।
यसअघि प्रतितोला बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो ।
बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।