त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सटल बस सुरू
नेपाल प्रेस
२०८० असार १ गते १७:१५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विद्युतीय सटल बस सेवा सुरू गरेको छ ।
शुक्रबार विमानस्थल कार्यालयले आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवनबीच सटल बस सेवा सुरु गरेको हो ।
उक्त सेवाबाट आन्तरिक विमानस्थलबाट अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबीचमा यात्रुलाई आउनजान थप सहज हुने बताइएको छ ।
प्रतिक्रिया