बलात्कार आरोपमा पक्राउ परेका देउखुरी क्याम्पसका पूर्वप्रमुख गौतम पुर्पक्षका लागि कारागार चलान – Nepal Press

बलात्कार आरोपमा पक्राउ परेका देउखुरी क्याम्पसका पूर्वप्रमुख गौतम पुर्पक्षका लागि कारागार चलान

रुपन्देही । बलात्कारको आरोपमा पक्राउ परेका दाङको देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शुक्रबार जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले गौतमलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनलाई जिल्लामा रहेको कारागार चलान गरिएको छ । अन्दाजी २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको थियोे ।

त्यसपछि वडा प्रहरी कार्यालय लमहीले गौतमलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । बलात्कारको आरोपमा गौतम गत जेठ ७ गते आफ्नै घरबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर