प्रथम बाल चलचित्र महोत्सव दाङमा, कलाकारसँग रमाए बालबालिका – Nepal Press

प्रथम बाल चलचित्र महोत्सव दाङमा, कलाकारसँग रमाए बालबालिका

रुपन्देही। शुक्रवारदेखि दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव सुरु भएको छ । बालबालिका तथा किशोरकिशोरीहरुलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको महोत्सव तीनदिनसम्म चल्नेछ ।

चलचित्र विकास बोर्डको आयोजनामा भएको महोत्सवको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले उट्घाटन गरिन् । मन्त्री शर्माले फिल्म क्षेत्र देशको कला संस्कृति झल्काउँने महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसमा बालबालिकालाई पनि सहभागी गराउनुपर्ने बताइन् ।

उनले यस्ता महोत्सवहरुले बालबालिका सम्न्धी फिल्म साक्षरता, चलचित्रसम्बन्धी ज्ञान र चेतनाको बिकास गर्न भूमिका खेल्ने बताइन् । उनले विदेशहरुमा बालचलचित्रहरु महोत्सवहरु हुने भन्दै नेपालमा पनि यसको सुरु गर्ने पर्ने भनाई राखिन् । ‘नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्रहरु बन्नु पर्छ, देखाइनुपर्छ ।’ उनले भनिन्, ‘अब अन्तर्राष्ट्रय महोत्सवमा हाम्रा चलचित्र पुर्याउने गरी अब तयारी थालिनु पर्छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो ।

कलाकारसँग रमाए बालबालिका

महोत्सवको पहिलो दिनको महोत्सवका बालबालिकाहरु कलाकारसँग झुमेका थिए । कार्यक्रममा संगीतकार चेतन सापकोटा, वरिष्ठ गायिका सत्यकला राई, बाल कलाकारसँग अनुभव रेग्मीले प्रस्तुती राखेका थिए ।

बालबालिकाहरुको उल्लेखनीय सहभागी रहेको कार्यक्रममा कालकारसँग बालबालिका झुमेका थिए । संगितकार चेतन सापकोटाले ‘मागेर पाउँने भए म’ लगायतका चर्चित गीत प्रस्तुती गरेका थिए भने वरिष्ठ गायिका सत्यकला राइले ‘तिमी मसँग नबोले अरे’ गीत प्रस्तुत गरेकी थिइन् । त्यस्तै बाल कालकार अनुभव रेग्मीले ‘यी आँखामा तिमी छौं’ गीतमा प्रस्तुत गरेका थिए । उनीहरुसँगै बालबालिका नाचेका थिए ।

दोस्रो दिन बालबालिकासँग भुवनसँग

महोत्सवको दोस्रो दिन शनिवार बाल चलचित्रहरु प्रर्दशनी गरिनेछन् । जहाँ बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म बालबालिका सम्बन्धी बनेका चलचित्रहरु प्रर्दशनी हुनेछन् । जसमा बालबालिकालाई सहभागी गराइनेछ । महोत्सवमा बालबालिका र फिल्म सम्बन्धी पुस्तक तथा फोटो प्रदर्शनी समेत राखिएका छन् ।

त्यस्तै दोस्रो दिनको बिहान ११ बजेदेखि बालबालिकासँग नायक भुवन केसीले सँग अन्तरक्रिया गर्नेछन् । बालबालिकासँग भुवन केसी नाम उक्त अन्तरक्रियामा नायक केसीले आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तर्कृया गर्नेछन् ।

उनले कालकारिता क्षेत्रको आफ्नो अनुभव बालबालिकासँग साट्नेछन् । त्यस्तै बोर्डका अध्यक्ष समेत रहेका नायक केसीले बालबालिकासँग फिल्म क्षेत्र प्रति उनीहरुको बुझाई, सिकाईकाबारे पनि संवाद गर्ने महोत्सवका संयोजक केएल बुढाथोकीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर