विदेशी मुद्राको विनिमय दर : डलरको भाउ बढ्दा युरोको घट्यो – Nepal Press

विदेशी मुद्राको विनिमय दर : डलरको भाउ बढ्दा युरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले  आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ७८ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७९ पैसा रहेको थियो । डलरको खरिद दर १ रुपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ ।

उता युरो एकको खरिद दर १४२ रुपैयाँ २ पैसा र बिक्री दर १४२ रुपैयाँ ६७ पैसा रहेको थियो । युरो खरिद दर ६० पैसा र बिक्रीदरमा ४० पैसाले युरोको भाउ घटेको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्री मूल्य ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी,जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रुपैयाँ २६ पैसा र बिक्रीदर  १० रुपैयाँ ३१ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०४ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *