नेपाल बेसबल तथा सफ्टबलको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा दिपक न्याैपाने – Nepal Press

नेपाल बेसबल तथा सफ्टबलको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा दिपक न्याैपाने

काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल तेस्रो साधारण सभा तथा निर्वाचन-२०८० सम्पन्न भएको छ । साधारण सभाले ६ वटा प्रदेश र ३२ वटा जिल्लाका प्रतिनिधि सहभागी ४ वर्षे कार्यकालका लागि केन्द्रीय कार्य समिति सर्वसम्मत नर्वाचित गरेको छ ।

अध्यक्षमा दिपक न्यौपाने, वरिष्ठ अध्यक्षमा ई. प्रदिप कुमार खत्री, उपाध्यक्षहरुमा विपिन बज्रचार्य, नारायण घर्ति र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषध्यक्षमा उपेन्द्र विक्रम लामा निर्वाचित भएका महासचिव प्रदिप शाहले जनाएका छन् ।

यस्तै, सदस्यहरुमा तिलक ढुङगाना, रोशन थापा, शिव कुमार खड्का, हेमराज गिरी, सुनिता थापा, निरोज श्रेष्ठ, सुजना पौडेल खत्री, हिरा थपलिया, दिपेन्द्र कार्की र हरि धमला निर्वाचित भएका छन् । मनोनित गरिने पदहरु मध्य उपाध्यक्षमा रमिता अधिकारी र सदस्यहरुमा इश्वर थापा र रामकुमार खड्कालाई पहिलो वैठक बसी कार्यसमितिमा मनोनित गरिएकोछ ।

साधारण सभा तथा निर्वाचनको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरे भने विशेष अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका उपमहासचिव पिताम्बर तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवर सदस्य अन्जन धमला र प्रकाश कुमार कुसारी, अमरिकन दुतवासबाट कार्सन कुक तथा वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, साथै साहसिक तथा पर्वतिय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई लगाएतको उपस्थिति भएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता संघको अध्यक्ष दीपक न्यैपाने गरेका थिए । कार्यक्रम संचालन महासचिव प्रदिप शाहले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष प्रदिप कुमा खत्रीले गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्ले नेपाल बेसबल तथा सफ्टबल संघको राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को दफा ७ को खेल संघ स्थापना सम्बन्धी मापदण्ड पुरा गरी ३ महिनाभित्र विधानको मस्यौदा तयार गरी परिषद्को स्वीकृतीमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न २०७९/१२/२२ गते परिषद्को सचिवस्तरीय निर्णय गरी १९ सदस्य तदर्थ समिति गठन गरेको थियो । तदर्थ समितिले भने ७० दिनभित्रै साधारण सभा तथा निर्वाचन सम्पन्न गर्न सफल भइ एतिहासिक काम गरेको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर