करण चम्किँदा अमेरिकाविरुद्ध बलिङमा नेपालको राम्रो सुरुआत
काठमाडौं । तीव्र गतिका बलर करण केसीले उत्कृष्ट प्रदर्शन गरेसँगै जारी आईसीसी विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध बलिङमा राम्रो सुरुआत गरेको छ ।
टस जितेर बलिङ थालेको नेपाल पावर प्ले सकिँदा अमेरिकाका चार ब्याटरलाई पभेलियन फकाउन सफल भयो । नेपालका लागि चारै विकेट करण केसीले लिए ।
करणले आफ्नो स्पेलको पहिलो ओभर बलिङमा आउँदा पाँचौँ र अन्तिम बलमा करणले लगातार विकेट लिँदै अमेरिकाका ओपनर स्टेभन टेलरलाई एलबी डब्लू आउट गरे । र, सैतेजा मुकामल्ललाई आरिफ शेख बाट क्याच आउट गरे ।
कसिलो बलिङ गरेका करणले ७.५ ओभरमा एरोन जोन्स र ९.२ ओभरमा नोस्टथशलाई पभेलियन फर्काउँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाए ।
यो समाचार लेखिसक्दा अमेरिकाले १०.२ आभरमा ४ विकेट गुमाएर १९ रन जोडेको छ ।