चाल कम देखिएपछि राष्ट्रपतिको मुटुमा पेस मेकर राखियो – Nepal Press

चाल कम देखिएपछि राष्ट्रपतिको मुटुमा पेस मेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ ।उनलाई ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखतमा कम हुने देखिएपछि विशेषज्ञको राय परामर्शमा पेस मेकर राखिएको हो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आज राष्ट्रपति पौडेलको शरीरमा सफलतापूर्वक पेस मेकर राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि अस्पतालमा उपचाररत छन् । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘७२ घण्टाको नियमित निगरानीका क्रममा पौडेलको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर