लगातार दोस्रो खेलमा विकेटविहीन बने सन्दीप – Nepal Press

लगातार दोस्रो खेलमा विकेटविहीन बने सन्दीप

काठमाडौं। जिम्बाबेमा जारी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा नेपालका सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहीन भएका छन्।

मंगलबार अमेरिकाविरुद्ध भइरहेको खेलमा पनि सन्दीपले विकेट लिन सकेनन्। उनले १० ओभरमा ५८ रन दिए भने विकेट लिन सकेनन्। विपक्षी ब्याट्सम्यानले सन्दीपविरुद्ध एक छक्का र ६ चौका प्रहार गरेका थिए। सन्दीपले २८ बलमा रन दिएनन्। यसअघि पहिलो खेलमा जिम्बाबेविरुद्ध पनि सन्दीपले विकेट हात पार्न सकेका थिएनन्।

जिम्बाबेले २ सय ९१ रनको लक्ष्य ३५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको खेलमा सन्दीपले ७७ रन खर्चिएका थिए। त्यस खेलमा सन्दीपविरुद्ध घरेलु ब्याट्सम्यानले एक छक्का र ९ चौका प्रहार गरेका थिए। सन्दीपले त्यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पछिल्ला लगातार ३३ खेलमा विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए।

करिब दुई महिनाअघि मात्र सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा कम खेलमा सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनाएका थिए। उनको नाममा ४२ खेलमा एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान बनेको थियो।


प्रतिक्रिया

One thought on “लगातार दोस्रो खेलमा विकेटविहीन बने सन्दीप

  1. रेप केसमा सफाइ दिइ पठाएको भए चाँही पक्का दुबै खेलमा ४/५ विकेट लिन्थे सन्दिपले । संदिपले रेप गरेको नगरेकाे जे भए पनि अब खेल्न पठाउँदा मुद्दा फिर्ता वा माफी गरेर खेल्न पठाउने की? ७,८ जनाकाे हत्यामा दाेषी ठहर भएका रेसम चाैधरीलाइ माफी हुन्छ, गुरू कलेजमा मार्न खोज्ने नेबीसंघका नेताको मुद्दा फिर्दा हुन्छ भने देशको लागि खेल्ने संदिपले रेप केसमा पनि माफि पाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर