योगेशको टिप्पणी- कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी ५ देखि ८ र नेकपा एस शून्य सीटमा
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरू अस्तित्वको संकटमा रहेको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी मोर्चा बनाएका माओवादी, नेकपा एस, जसपालगायतका दल अस्तित्वको संकटमा रहेको टिप्पणी गरे ।
कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी ५ देखि ८ सीट र नेकपा एस शून्य सीटमा आउने अवस्था रहेको उनको भनाइ छ । समाजवादी मोर्चाको कुनै औचित्य नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाउँ रहेकाले धेरै दिन नटिक्ने तर्क गर्नुभयो । भट्टराईले मोर्चा बिगतको इतिहास बताएर गर्व गर्ने पौढहरूको क्लब भएको बताए ।
उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे ।