प्रेम चलाउनेलाई न्याय माग्दै एमालेले भन्यो- अभियुक्तलाई छाड्न मिल्दैन (भिडिओ) – Nepal Press

प्रेम चलाउनेलाई न्याय माग्दै एमालेले भन्यो- अभियुक्तलाई छाड्न मिल्दैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले दण्डहीनतालाई प्रशय दिने काम गरेको आरोप लगाए ।

उनले भने, ‘मुद्दा फिर्ता लिएर राज्यले दण्डहीनतालाई प्रशय दिने जुन काम गर्‍यो । त्यसको विपक्षमा प्रेम चलाउनेको न्यायको पक्षमा समर्थन जनाउँछु ।’

सचेतक बर्तौलाले कानूनमन्त्रीलाई ज्यान उद्योगमा मुद्दा दर्ता भएका अभियुक्तहरुलाई छाडेर कानून हातमा नलिन आग्रह गरे ।

उनले विद्यालय कर्मचारीकोको जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर