कृषकलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह (भिडिओ)
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न नसक्ने जिकिर गरे ।
उनले भने, ‘यो बजेटले कृषि क्षेत्रतर्फ किसान आकर्षण गर्न सक्दैन । त्यसैले पेन्सनको व्यवस्था गरौं। लुटने स्थायी सरकारलाई होइन । जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन। स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ?’
किसानहरुले आफ्नो हक प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था नल्याउनलाई सरकारलाई सचेत गराए। परम्परागत बजेटले कृषि क्षेत्रको सुधान नआउने भएकाले नयाँ ढंगले सोच्न आग्रह गरे ।