कांग्रेसकै विकल्प खोज्न समूह बनिसक्यो, सभापति-महामन्त्री एकले अर्कोलाई नखुइल्याऔं : रामहरि खतिवडा (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने प्रष्ट पारे । सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्नेमा उनको जोड थियो ।
देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने खतिवडाको भनाइ थियो ।
उनले भने, ‘म कसैले सघायो पनि भन्दिन । सहयोग नै नगरेको पनि भन्दिन । महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ । कांग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले कांग्रेस पार्टी पार्टी पनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरू दह्रा हुँदैनन् ।’
सत्तारुढ गठबन्धनका केही दलहरूले आफूहरूलाई दह्रो शक्तिको रूपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेकाो बताए । उनले मोर्चामा आबद्ध दलहरूलाई पार्टी एकता नै गर्न सुझाव दिए ।
काँग्रेस र प्रचण्ड नसिध्दिई देशमा शान्ति पनि आउँदैन ।