आज रास्वपाको पहिलो वार्षिकोत्सव, दिउँसो चियापान
नेपाल प्रेस
२०८० असार ७ गते ६:४६
काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।
उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।
सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया
One thought on “आज रास्वपाको पहिलो वार्षिकोत्सव, दिउँसो चियापान”
Leave a Reply
सम्बन्धित खवर
काम छैन