आज युरोको भाउ १४३ रुपैयाँ नाघ्यो – Nepal Press

आज युरोको भाउ १४३ रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ १ पैसा र बिक्री दर १४३ रुपैयाँ ६६ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७०  पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको थियो ।

अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ १ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा,  बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७  रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा,,दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ  १२ पैसा र बिक्रीदर  १० रुपैयाँ १७ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४  पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।२ रुपैयाँ रहेको छ भने बिक्री दर २८।३३ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *