मह जोडीको शुभकामना लिएर सेभेन समिटका लागि रसियातर्फ लागे आरोही प्रकाश पाण्डे (भिडिओ) – Nepal Press

मह जोडीको शुभकामना लिएर सेभेन समिटका लागि रसियातर्फ लागे आरोही प्रकाश पाण्डे (भिडिओ)

काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियान थालेको आरोही प्रकाशराज पाण्डे युरोपको सबैभन्दा अग्लो एलब्रस हिमाल आरोहणका लागि रसियातर्फ लागेका छन् ।

आरोही प्रकाशराज पाण्डेलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र किरण केसीले सातवटै महादेशका अग्ला हिमाल आरोहणका लागि शुभकामना दिएर झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका हुन् ।

सातवटा महादेशका अग्ला हिमाल आरोहण सुरु गर्नुअघि उनलाई निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले स्काउटको वार्षिकोत्सव समारोहमा सम्मानसहित स्काउटको झण्डा समेत हस्तान्तरण गरेकी थिइन् ।

सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरेका उनी अब सातवटा महादेशका अग्ला हिमाल चढ्ने तयारीमा छन् ।

सातवटा महादेशका अग्ला हिमालको आरोहण गरेपछि ती हिमालमा पुर्‍याएको नेपालको राष्ट्रिय झण्डा पाण्डेले पुनः सगरमाथाको शिखरमा लगेर फहराउने बताएका छन् ।

पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गर्न लागेको बताए । उनले आफ्नो अभियान सिंगो राष्ट्रका लागि भएकाले यसलाई संकीर्ण रूपमा नहेर्न पनि आग्रह गरे ।

५ करोडभन्दा बढी रकम खर्च हुने सेभेन समिटका लागि पाण्डेले अहिलेसम्म कतैबाट पनि आर्थिक सहयोगको आश्वासन पाएका छैनन् ।

उनले नेपालको तर्फबाट गरिएको यो अभियानमा सघाउन सरकारी र गैरसरकारी निकायसँग याचना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर