मनकामनामा जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
नेपाल प्रेस
२०८० असार ८ गते ६:५५
काठमाडौं । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
सहिद लखन गाउँपालिका-३ चिलिङकोटबाट बेहुली लिएर वडा नम्बर ५ ताक्लुङ फर्किँदै गरेको प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप पात्लेखोलामा सडकबाट करिब साढे २ सय मिटर तल खसेको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि भरतपुर र आँबुखैरेनी पठाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर