शुक्रबार घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
नेपाल प्रेस
२०८० असार ८ गते ११:२७
काठमाडौं । सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर