स्रोतको अवस्था हेरेर भुक्तानीमा प्राथमिकता दिन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन – Nepal Press

स्रोतको अवस्था हेरेर भुक्तानीमा प्राथमिकता दिन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको अवस्था हेरेर भुक्तानीमा प्राथमिकता दिन  सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । बिहिबार सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरेर सिर्जित दायित्त्व भुक्तानीलाई प्राथमिकता दिन निर्देशन दिएका हुन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्व तयारी पनि शुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल भएको छ ।

अर्थमन्त्री डा.महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना बनाई समय तालिका नै बनाएर अघि बढ्न सचिवहरूलाई निर्देशन दिएका हुन् ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ र मुख्य सचिव डा. बैकुण्ठ अर्यालले समेत बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन सचिवहरुलाई आग्रह गरे । बैठकमा अर्थ मन्त्रालयको तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिमा मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *