न्याय पाएको भन्दै नागरिकताविहीनले अदालतको आदेशको स्वागत
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको अन्तरिम आदेश खारेज गरेसँगै नागरिकताविहीन युवकहरुले खुसीयाली मनाएका छन् ।
अन्तरिम आदेश खारेज भएसँगै नागरिकताविहीन युवाहरुले माइतीघरमा खुसी साटेका छन् । उनीहरुले ढिलै भएपनि न्याय पाएको भन्दै अदातलको निर्णयको स्वागत समेत गरेका छन् ।
उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण गरेकोभन्दै राष्ट्रपति,प्रधानमन्त्री र सर्वोच्च अदालतलाई धन्यवाद दिएका थिए । योसँगै राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनको लागि बाटो खुलेको छ ।
माइतीघरमा खुसीयाली मनाउन पुगेकी एक महिलाले अब आमाको नामबाट पनि नागरिकता पाइने भयो भन्दै खुसी व्यक्त गरिन् ।
केही दिनदेखि दिनहुँ नेपाली नागरिकलाई नागरिकता विहीन बनाएको भन्दै नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकता विहीन युवाहरुले माइतीघरमा आन्दोलन गरेका थिए ।
बिहीबारआनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको थियो ।