१४७ देशसँग नेपालले गरिरहेको छ घाटाको व्यापार – Nepal Press

१४७ देशसँग नेपालले गरिरहेको छ घाटाको व्यापार

काठमाडौं । पछिल्लो दशक नेपालको आयात चुलिँदो छ । यसैकारण पनि नेपाललाई आयातमुखी अर्थतन्त्र भएको देशको रुपमा परिभाषित गर्न थालिएको छ । नेपालको वैदेशिक व्यापार घाटा लगभग एक आर्थिक वर्षको बजेट बराबर रहेको देखिन्छ ।

भन्सार विभागको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार अहिले मुलुकको वैदेशिक व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा नेपालले १४ खर्ब ८० अर्ब ९ करोड रुपैयाँ मालवस्तु विदेशबाट आयात गरेको छ ।

तर, निर्यात भने १ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको मात्र गरेको छ । नेपालको अधिकांश वैदेशिक व्यापार घाटामा देखिन्छ । नेपालले ११ महिनामा गरेको निर्यात लगभग एक महिनाको आयात बराबर देखिन्छ ।

नेपालले सबैभन्दा बढी घाटाको व्यापार भारतसँग गरिरहेको छ । भारतबाट ९ खर्ब ३ अर्ब ३७ करोड रुपैयाँको मालवस्तु आयात गरेको नेपालले ९८ अर्ब ९७ करोड रुपैयाँमात्र निर्यात गर्न सकेको छ । यस हिसाबले भारतसँको व्यापार घाटा ८ खर्ब ३८ अर्ब ८५ करोड रुपैयाँ छ ।

चीनसँगको व्यापार घाटा २ खर्ब रुपैयाँ बढी छ । नेपालले चीनबाट २ खर्ब २ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात गर्दा निर्यात १ अर्ब ५२ करोड रुपैयाँको मात्र भएको छ ।

एन्टार्टिकासँग २३ अर्ब रुपैयाँ घाटाको व्यापार, अष्ट्रेलियासँग १६ अर्ब २८ करोड घाटाको व्यापार, बंगलादेशसँग ४ अर्ब ९० करोड, बेल्जियमसँग ९ अर्ब ० करोड, बहराइनसँग ५८ करोड रुपैयाँ व्यापार घाटामा छ ।

यस्तै अष्ट्रियासँग १ अर्ब ८४ करोड, बेल्जियमसँग ९ अर्ब ८० करोड, भुटानसँग ७७ करोड, ब्राजिलसँग ४ अर्ब ७७ करोड रुपैयाँ व्यापार घाटामा छ ।

ब्रुनाइ, बुल्गेरिया, क्यामरुन, कम्बोडिया, चिली, क्यानडा, कोलम्बिया, कोष्टारिकालगायतसँगको व्यापार पनि घाटामा छ ।

नेपालको २१ वटा देशसँगको व्यापार भने नाफामा देखिन्छ । तर, ती देशमा भने थोरैमात्र परिणामका मालवस्तु निर्यात भएको देखिन्छ । अफगानिस्तानसँग २ करोड १७ लाख, अल्जेरियासँग ७ करोड २५ लाख, एङ्गोलोसँग २ लाख ३३ हजार, आर्मेनियासँग ११ लाख, अजरबैजानसँग १८ लाख, बहमाससँग ५ लाख २८ हजार, कम्बोडियासँग ५ करोड ११ लाख रुपैयाँ नाफामा रहेको देखिन्छ ।

यसैगरी सेन्ट्रल अफ्रिकन रिपब्लिकन कमरोससँग ५४ लाख, क्रोयसियासँग १ करोड, चेक रिपब्लिकसँग ४३ करोड, फिजीसँग ७५ लाख, हंगेरीसँग १ करोड २७ लाख रुपैयाँ व्यापार नाफामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *