क्राइमिया मुद्दामा ओबामाको तर्कमा रुस सहमत
नेपाल प्रेस
२०८० असार ८ गते २१:४१
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले क्राइमिया बारेमा गरेको टिप्पणीमा रुस सहमत भएको छ ।
रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ओबामाले ओबामाको टिप्पणीमा जायज पक्ष भएको बताएका छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै पेस्कोभले यस्तो बताएका हुन् ।
बिहीबार सिएनएनमा अन्तर्वार्ता दिँदै ओबामाले क्राइमिया कब्जा गर्न रुसले सैन्य शक्ति प्रयोग नगरेको र त्यसो हुनुमा त्यहाँ रुसी भाषा बोल्नेहरुको बाहुल्यता हुनु भएको तर्क गरेका थिए ।
युक्रेनको भाग रहेको क्राइमिया सन २०१४ को एक जनमतसंग्रहबाट रुसमा औपचारिक रूपमा गाभिएको थियो ।
प्रतिक्रिया