ड्रागन वोट महोत्सव २०२३ मा नेपाल दोस्रो – Nepal Press

ड्रागन वोट महोत्सव २०२३ मा नेपाल दोस्रो

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अब ठूला हवाईजहाज अवतरण गर्न कुनै समस्या नरहेको पुष्टि भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली  ठकुरीले बताएकी छन् ।

पोखरामा सम्पन्न भएको नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ को समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री  सिर्पालीले सिचुवान एयरलायन्सको एयरबस ए—३१९ विमानले असार ६ गते चीनको छेन्दु—तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरेपछि अब संसारको जुनसुकै विदेशी वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान भर्न सक्ने सन्देश गएको बताएकी हुन् ।

चिनियाँ दुतावासको अग्रसरतामा चीनबाट पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आउनुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनमा ठूलो र महत्वपूर्ण कामको शुरुवात भएको भन्दै राज्यमन्त्री  सिर्पालीले भनिन्,‘केही समय पहिला मात्र निर्माण सम्पन्न भएका नेपालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालनको निरन्तरता हाम्रा लागि अत्यन्तै महत्वपूर्ण विषय बनिरहेको बेलामा नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रम मार्फत चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिधा अवतरण हुनु हाम्रा लागि अन्यन्तै खुशीको विषय बनेको छ र यसले पोखराको बृहत पर्यटनको अपार सम्भावनाको ढोकालाई समेत खोलिदिएको छ ।’

यो प्रतियोगिताले दुई देश, दुई एतिहासिक र पर्यटकिय शहर, दुई अन्तर्राष्ट्रिय विमानस्थल साथै दुई देशका नागरिक र कला सँस्कृतिलाई आगामी दिनहरुमा अझ बिस्तार र सिधा स्थापित गर्न सहयोग पुर्‍याएको राज्यमन्त्री सिर्पालीले बताइन् ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान) र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसंगको सहकार्यमा असार ७ र ८ गते पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सम्पन्न भएको छ ।

आज सम्पन्न २०० मिटर र ५०० मिटर को नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सेमिफाइनल र फाइनल खेलमा चीनको सिचुवान टिमले प्रथम स्थान प्राप्त गरेको छ । नेपालको नारा टिमले दोस्रो स्थान प्राप्त गरेको छ । चीनले  ५ लाख  ५० हजार पुरस्कार जितेकाे छ ।  दाेस्राे भएकाे नेपालले ३ लाख  ५० हजार पुरस्कार पाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर