यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ।
हिजो डलरको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा कायम रहेको थियो भने युरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६९ पैसा रहेको थियो ।
अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३४ पैसा पुगेको छ ।
यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा कायम भएको छ भने दक्षिण केरीया १०० को खरिदमा १० रुपैयाँ ० पैसा र बिक्रीदर १० रुपैयाँ ५ पैसा कायम राखिएको छ ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ भने बिक्री दर २८।१३ रुपैयाँ तथा साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७ पैसा तोकिएको छ ।