सवारी दुर्घटनामा मृत्यु भएका चापाकोटका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरूद्ध उजुरी
पोखरा । गत असार २ गते सवारी दुर्घटना परी मृत्यु भएका स्याङ्जा चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालक सुरज नेपालीविरूद्ध प्रहरीमा उजुरी दिएका छन् ।
मृतक गिरीका परिवारले गिरीको दुर्घटना नभई हत्या भएको र त्यसमा सवारी चालकको संलग्नता रहेको भन्दै चालक नेपालीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रविन्द्र खनालले जानकारी दिए । उहाँ (मेयर गिरी) को परिवारबाट चालकविरुद्ध उजुरी परेको छ, हामी अनुसन्धान गरिरहेका छौं,’ डीएसपी खनालले भने ।
प्रहरीले दुर्घटनापछि चालक नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो ।गत असार २ गते पुतलीबजारबाट स्याङ्जा बजार आउँदै गरेको बा१५च १७०९ नम्बरको सवारी दुर्घटना हुँदा पूर्वमेयर गिरीको मृत्यु भएको थियो ।