२४ अर्ब आन्तरिक ऋण यसै साता उठाउँदै सरकार – Nepal Press

२४ अर्ब आन्तरिक ऋण यसै साता उठाउँदै सरकार

काठमाडौं । सरकारले यसै साता २४ अर्ब ११ करोड २५ लाख रूपैयाँ आन्तरिक ऋण उठाउँदैछ । जसको ठूलो हिस्सा पुराना ऋणको नवीकरण हुनेछ । २० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गरिँदैछ भने ३ अर्ब ६१ करोड रूपैयाँ नयाँ ऋण उठाइने छ ।

नेपाल राष्ट्र बैंकले ट्रेजरी विल्समार्फत सो रकम उठाउन लागेको हो । यो ऋण सोमबार बोलकबोल भई मंगलबार जारी हुनेछ । ३ अर्ब ६१ करोड रुपैयाँ ९१ दिने ट्रेजरी विल्समार्फत उठाइने केन्द्रीय बैंकले जनाएको छ । यस्तै नवीकरण गर्ने ट्रेजरी विल्स भने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर