काठमाडौं महानगरभित्रका जग्गाको मूल्यांकन, सबैभन्दा बढी प्रतिआना ५० लाख (सूची)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार पेश गरेको आर्थिक विधेयकमा महानगरभित्रका जग्गाको सरकारी मूल्य तोकेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि काठमाडौंका मेयर बालेन्द्र शाहले पेश गरेको विधेयकमा जग्गाको मूल्यांकन गरिएको हो ।
जग्गाको मूल्यांकनअनुसार सबैभन्दा धेरै ५० लाख प्रतिआना रहेको छ ।
हनुमानढोका पूर्व नयाँ सडक, महानगरको पुरानो भवन रहेको क्षेत्र, न्यूरोड पिपलबोटदेखि आरबी कम्प्लेक्स चोक हुँदै दक्षिण महानगरको पुरानो भवन रहेको क्षेत्र, खिचापोखरी धरहरालगायतको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गा, केशर महल प्रवेशद्वारदेखि पश्चिम ठमेल, क्षेत्रपाटी असन, भोटाहिटी, रत्नपार्क, माइतीघर, घण्टाघर तथा दरबार मार्गलगायतका एरियामा ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ ।
पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।
Mahanagarpalika le k ko adhar ma KTM bhitra ko jagga ko mulyankan gareko Hal chale ko bhawu ma ho ki ,hachwa ko bharma ho, kunai baigyanik adhar xaina, hal chaleko bhau bhan Pani mildaina .