शैक्षिक मेला : आकर्षणको केन्द्र बन्दै जेभियर इन्टरनेशनल, के-के छन् विशेषता र अफर ? (भिडिओ)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) मा ७० बढी शैक्षिक संस्थाहरुको स्टल राखिएका छन् ।
जसमध्ये जेभियर इन्टरनेशनल कलेज आकर्षणको केन्द्र बन्दै गइरहेको छ । आफैंमा एक ख्यातीप्राप्त एवम् ब्राण्ड स्थापित गरिसकेको जेभियरको स्टलमा विद्यार्थीहरुको चाप लोभलाग्दो देखिन्छ ।
गत जेठ ३२ गते नै सुरु भएको हिसान मेला काठमाडौं महानगरपालिकाले रोकेको थियो । गत बुधबारमात्रै उच्च अदालत पाटनले अन्तरिम आदेशपछि शुक्रबारबाट पुनः मेला सुरु भएको हो ।
मेलामा विद्यार्थीहरुको उत्साहजनक उपस्थितिले भृकुटीमण्डपको माहौल रौनकपूर्ण छ ।
शैक्षिक संस्थाहरुको चाप भइरहँदा जेभियर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुको चाप धेरै भएको रहेको देखिन्छ । जेभियरमा नै विद्यार्थीको बढ्दो चापलाई बुझ्न हामीले उपस्थित विद्यार्थी र जेभियरका अध्यक्ष तथा हिसानका महासचिव संवाद गर्यौं ।
शैक्षिक मेलामा विद्यार्थीहरुको आवतजावतको चाप निकैं उत्साहजनक रहेको हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका अध्यक्ष लोक बहादुर भण्डारीले बताए ।
हामीले मेलामा विद्यार्थीहरुले जेभियर नै रोज्नुको कारणबारे केही विद्यार्थीसँग संवाद गरेका छौं । उनीहरुको विचारलाई हेर्न तलको भिडिओमा जानुहोस्ः
भिडिओः