जहलरीको छानबिनका लागि समिति बनाउन प्रदीप पौडेलको माग (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जहलरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणलाई संसदले नै ढाकछोप गर्न खोजेको उनको आरोप छ ।
उनले भने, ‘भ्रष्टाचार कहीँ पनि हुनुहुँदैन । त्यसमाथि धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु हाम्रो शिर निहुरिएको छ । यो विषयमा तत्कालीन सरकारले जस्तो यो सरकारले पनि निर्णय गर्न पाउने कि नपाउने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन थालेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट भनिएको विषयलाई अख्तियारले किन यति ढिलोगरी छानबिन गर्यो ? यसको निर्णय प्रक्रियाको विषयमा विभिन्न विषयहरू जोडिएका छन् ।’
उनले यो गम्भीर विषय छानबिनको लागि समिति बनाउन माग गरे ।
तिमी चरित्र ले पनि ठिक होइनौं के अरू कुरा गर्छौ पौडेल बाउको नामको सुकुम्बासी जग्गा खोइ।