चिनियाँ राजदूतसँग स्पष्टीकरण माग्न परराष्ट्र मन्त्रीसमक्ष राष्ट्रिय एकता अभियानको ज्ञापनपत्र
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/06/Gyapan-Patra-NP-Saud.jpg)
काठमाडौं । राष्ट्रिय एकता अभियानले पोखरा विमानस्थल चीनको बीआरआई परियोजनाको हिस्सा हो भन्ने अभिव्यक्ति दिएकाे विषयमा चिनियाँ राजदूतसँग स्पष्टीकरण साेध्न माग गरेको छ ।
अभियानले परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै ड्रागन बोट रेसमा सहभागी हुन नेपाल आएका चिनियाँ पाहुनालाई स्वागत गर्न पोखरा पुगेका चिनियाँ राजदूतले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को हिस्सा भएको बताएकोबारे स्पष्टीकरण सोध्न माग गरेको हो ।
अभियानका अध्यक्ष विनय यादवसहितले मन्त्री साउदलाई भेटेर यस्तो माग गरेका हुन् ।
पोखरा विमानस्थलको विकासका लागि बीआरआई फ्रेमवर्क आउनुअघि नै सम्झौता भएको र राजदूतको भनाइ र त्यसको दीर्घकालीन असरलाई लिएर नेपाली जनतामा चिन्ता र अन्योल बढाएको ज्ञापन पत्रमा भनिएको छ ।
‘हामी राजदूतको सो टिप्पणीको सम्बन्धमा चिनियाँ दूतावासबाट स्पष्टीकरण सोध्र यहाँलाई विनम्र अनुरोध गर्दछौं । कुन आधारमा राजदूतले यस्तो दाबी गरे र यो नेपाल सरकारको आधिकारिक अडानसँग मेल खान्छ कि यकिन गर्न आवश्यक छ’, ज्ञापन पत्रमा भनिएको छ, ‘यस विषयमा सोधिएको स्पष्टीकरणले मात्र सबै खाले भम्रलाई चिर्न र हाम्रा दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धमा पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्नेछ ।’
त्यस्तै, अभियानले सरकारलाई ड्रयागन बोट रेसले नेपालको स्वायत्ततामा पार्ने सम्भावित प्रभावको बृहत् मूल्याङ्कन गर्न र यस्तो कार्यक्रम आयोजना गर्नुले हाम्रो भुराजनीतिमा पर्ने प्रभावलाई होसियारीपूर्वक विचार गर्न आग्रह गरेको छ ।
यस्तो छ अभियानको ज्ञापन पत्रः