कर्पोरेट पे मार्फत जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार
काठमाडौं । कर्पोरेट पेले चालू आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ ।
कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिना देखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।
गत आर्थिक वर्ष मा १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पे मा चालू आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४२१ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ ।
बैंक÷वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रूपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको हो ।
४७ बैंक वित्तीय संस्थाहरू मार्फत उक्त प्रणालीमा बैंक÷वित्तीय संस्थाका ७ हजार ७०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएका छन् ।