ललिता निवास प्रकरण
पक्राउ गर्नु अघि नै स्टे अर्डर, मालपोतका तीन पूर्व कर्मचारीलाई छाड्ने तयारी
नेपाल प्रेस
२०८० असार १२ गते १८:१२
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मालपोतका तीन पूर्व कर्मचारीले स्टे अर्डर लिएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले उनीहरुलाई छाड्ने तयारी गरेको छ ।
डिल्लीबजार मालपोतका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भुपेन्द्रमणी केसीले पक्राउ परेपछि स्टे अर्डर देखाएका हुन् ।
आफूहरुलाई पक्राउ नगर्न माग गर्दै यसअघि उनीहरुले अदालतसँग आदेश लिएको खुलेको हो । प्रहरीले यो प्रकरणमा भाटभटेनीका सन्चालक मिनबहादुर गुरुङ र पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई मंगलबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर