दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ
नेपाल प्रेस
२०८० असार १२ गते २०:४८
काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालस्थित एक पार्टी प्यालेसबाट बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मागेको जति दाइजो नदिएको भन्दै विवाह रद्द गर्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहवी नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।
नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह भइरहेका बेला बेहुला पक्षले ५० लाख रुपैयाँ मागेको र बेहुलीलाई गालीसमेत गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
One thought on “दाइजो नपुगेको भन्दै विवाह रद्द गर्न खोज्ने ग्रीन कार्ड होल्डर बेहुला मण्डपबाटै पक्राउ”
Leave a Reply
सम्बन्धित खवर
पढेलेखेका मद्धेशी समाजको कलङ्क 🤣