काेशी प्रदेश एमाले संसदीय दलको बैठक बस्दै – Nepal Press

काेशी प्रदेश एमाले संसदीय दलको बैठक बस्दै

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक अहिले ३ बजेलाई बोलाइएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि कोशी प्रदेश सभाको तेस्रो अधिवेशन भोलि आव्हान गरिएको छ ।

अधिवेशन सुरु हुनुभन्दा अगाडि पार्टीको साझा धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

उनले जिल्ला जिल्लामा गएका सबै सांसदहरूलाई आजै विराटनगर बोलाइएको बताए । जेठ १७ गते जसपाले हिक्मत कार्की नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएपछि १७ गते नपुग्दै कार्कीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

एक सिट रहेको जसपाले समर्थन फिर्ता लिँदै सरकारबाट पनि मन्त्रीलाई फिर्ता बोलाएपछि असार जेठ २३ गते माओवादी केन्द्रले समेत सरकारलाइ दिएको समर्थन फिर्ता लिएको छ ।

सोही दिन २ जना मन्त्री समेत माओवादीले फिर्ता बोलाएपछि कोशी प्रदेश सरकारमा एमाले र राप्रपाको मात्रै सरकारमा प्रतिनिधित्व रहेको छ । एमालेको ४० र जसपाको ६ सिट रहेको प्रदेश सभामा अहिले सरकार अल्पमतमा रहेको छ ।

सरकार अल्पमतमा परे पनि विश्वासको मत लिने कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले बताउँदै आएका छन् । केही दिन अघि काठमाडौँ गएर उच्च नेताहरूसँग भेट गरेर कार्की प्रदेश फर्किएसँगै बसेको मन्त्रीपरिषद्को बैठकले अधिवेशन आव्हानका लागि सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर