नेप्से दोहोरो अंकले गिरावट, तर यी कम्पनीका लगानीकर्ताले कमाए नाफा
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से दोहोरो अंकले ओरालो लागेको छ । यसदिन बजार ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि हिमालयन लाइफ इन्सुरेन्स लिमीटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, शिटी होट्ल्स लिमीटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था र शुभम पावर लिमीटेड कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
बुधबार बजारमा १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ । भने, कारोबारका आधारमा हिमालयन लाइफ इन्सोरेन्स लिमीटेड ८३ करोड ७० लाख ३६ हजार ७९१ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा छ ।