इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले गरे आक्रमण प्रयास, कालो झण्डा देखाए (भिडिओ) – Nepal Press

इलाममा योगेश भट्टराईमाथि पहिचानवादीले गरे आक्रमण प्रयास, कालो झण्डा देखाए (भिडिओ)

काठमाडौं । कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचानवादीहरुले एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास गरेका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका हुन् ।

पहिचानवादीहरुले योगेश भट्टराई मुर्दावाद, पहिचान विरोध होसियार, कोशी प्रदेश मान्दैनौंलयायतको नारा लगाएका थिए ।

एमाले नेतृत्वको सरकारले प्रदेशको नाम कोशी राखेपछि पछिल्ला दिनमा एमाले नेताहरुमाथि आक्रमणको प्रयास भइरहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि पहिचानवादीहरुले पटक पटक आक्रमणको प्रयास गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर