कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
नेपाल प्रेस
२०८० असार १५ गते ६:३८
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
हिजोकै बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि सत्तारुढ दल नेकपा एमालेको आग्रहमा बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सरकारमा रहेको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की संकटमा छन् । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सीट आवश्यक पर्छ । एमाले र राप्रपासँग ४६ सांसद छन् । गठबन्धनमा रहेका दलसँग सभामुखबाहेक ४६ सांसद छन् । तर, जसपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया